झापा , जेठ २७ । घरको छतबाट खसेर धनकुटामा एकजना वृद्धाको मृत्यु भएको छ ।

आफ्नै एकतले घरको छतबाट खसेर धनकुटा नगरपालिका वडा नम्बर ७ समावेशी टोल बस्ने वर्ष अन्दाजी ६१ की वर्तकुमारी राईको मृत्यु भएको हो ।
गएराति अन्दाजी ८ः५५ बजे घरको छतबाट तल खसेर घाइते भएकी राईलाई उपचारको लागि धनकुटा जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा राति ९.१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।