झापा, जेठ २७ । अर्काको भैसी चोरी गरेर बिक्री गर्न लाग्दा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं. ६ बस्ने १९ वर्षीय बिनोद बनिया रहेका छन् । हिजो बिहान ११ बजे बनियाले सोही ठाउँ बस्ने खगेन्द्रकुमार कार्कीको भैसी खेतमा चराउनको लागि पगाहा लगाएको स्थानबाट चोरी गरी लगेका थिए ।
झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका वडा नं.६ को सिमानामा पर्ने बिरिङ खोला पु¥याई भैसी खरिद गर्ने व्यापारीहरुलाई बोलाई बिक्री गर्न खोज्दा चोरी गरी ल्याएको भन्ने शंका लागेर ब्यापारीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट ५ दिनको म्याद थप गरी चोरी सम्बन्धी कसूरमा अनुसन्धान कार्य जारी रहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।