झापा, जेठ २७ । अत्यधिक गर्मीका कारण झापामा दुईजनाको मृत्यु भएको आशंका गरिएको छ ।

अचानक ढलेर उनीहरुको मृत्यु भएको हो । आज दिउँसो ४ बजे अर्जुनधारा –११ नयाँ बस्तीस्थित चियाबगानभित्र कच्ची बाटोमा सोही ठाउँ बस्ने ६० वर्षीय मित्रलाल कामी मृत फेला परेका हुन् । उत्तानो परि लडिरहेको मृत अबस्थामा स्थानीले देखेर प्रहरीलाई खबर गरेका थिए । खासै विरामी नभएका कामी अचानक ढलेको बताइएको छ ।
त्यस्तै आजै बिर्तामोड नगरपालिका –२ फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैवारीमा बिर्तामोड २ आदर्श टोल बस्ने बर्ष ३६ वर्षीय राम टुडु मृत फेला परेका छन् । उनी घोप्टो परी मृत अबस्थामा फेला परेका थिए । बाहिरी कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । दुवै शवलाई कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।