झापा, जेठ २८ । बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीस्कुल नजिक किराना पसलमा आगलागी भएको छ ।

गएराति अन्दाजी ११.२५ बजे बिर्तामोड वडा न.५ स्थित न्यूटन्स एजुकेशन एकाडेमी उत्तरपट्टि बिदुर मिश्रको साढे २ तले पक्की घरको भुइँतलामा सटर कोठा भाडामा लिई शर्मिला श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ किराना पसलमा बिद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट किरानाका सम्पूर्ण सरसामानहरु जलेर नष्ट हुँदा अन्दाजी १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
आगलागीबारे इप्रका बिर्तामोडमा जानकारी प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक अशोक चौहानको कमाण्डमा ७ जनाको प्रहरी टोली, स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो राति १२ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।


