झापा, जेठ २८ । झापाको अर्जुनधारामा एक बेवारिसे शव फेला परेको छ ।

अर्जुनधारा वडा नं. ४ मदनपुर जलाधर भित्री कच्ची सडकमा तत्काल नाम थर र वतन नखुलेको ,हेर्दा तराईवासी जस्तो देखिने, निलो कमिज खैरो हाफ पाइन्ट लगाएको अन्दाजी बर्ष ४५ को पुरुष मानिस घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् ।
मृतकको सनाखत तथा पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।