झापा, जेठ २८ । लगातार अत्यधिक गर्मी भएपछि बिर्तामोड र दमक नगरपालिकाले पनि विद्यालयहरुलाई विदा दिएका छन् ।

बिर्तामोड नगरपालिकाले आज एक सूचना जारी गरी भोलि र पर्सी दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । अत्यधिक गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएको विभिन्न विद्यालय र अभिभावकहरुबाट माग भएपछि हिउँदे र वर्खे विदाबाट कट्टा हुने गरी दुई दिन विदा दिइएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जनाएका छन् ।

त्यस्तै दमकका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना जारी गरी भोलि र पर्सी विद्यालय विदा दिएको जनाएका छन् । यसअघि कमल गाउँपालिकाले आज र भोलि गर्मी विदा दिइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्