झापा, जेठ २९ । झापाको मेचीनगर वडा नं. १३ चारआली चोकमा रमेश आचार्यले अन्डर ग्राउण्डमा संचालन गरेको लक्की डिपार्टमेन्ट (आर्यन प्लाजा) मा डुबान हुँदा ६० लाख बराबरको क्षति भएको छ ।

गएराति परेको अविरल बर्षाका कारण पूर्वपश्चिम राजमार्गको नालीको भल पानी डिपार्टमेन्टमा छिरेको हो । डिपार्टमेन्टमा रहेका किराना आईटम, कस्मेटिक, गिफ्ट , इलेक्ट्रोनिक सामान, ग्रोेसरी सामान, डेकोरेसन सामान र कपडाहरु गरी अन्दाजी ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त स्थानमा प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिएर सामान निकाल्ने काम भइरहेको जनाइएको छ ।