झापा, जेठ ३० । तेह्रथुममा आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती करणी गर्ने बाबु पक्राउ परेका छन् ।

हिजो दिउँसो २ बजे ४० वर्षीय बाबुले आफ्नै १५ वर्षकी छोरीलाई जबर्जस्ती करणी गरेको भनी स्थानीयले जानकारी गराएपछि प्रहरीले पक्राउ परेको हो । उनले पहिल्यैदेखि पटक–पटक जबर्जस्ती करणी गर्ने गरेको खुल्न आएको छ ।

प्रहरी चौकी छातेढुङ्गाबाट गएको टोलीले आवश्यक अनुसन्धानको लागि बाबुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तेह्रथुममा ल्याई हिरासतमा राखेको छ । ती नाबालिकाका ठुलोबुवाले हिजो जिप्रका तेह्रथुममा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्