झापा, जेठ ३० । झापा बुद्धशान्ति ४ की १६ वर्षीया नाबालिकालाई जवर्जस्ती करणी गरी फरार भएका प्रेम लिम्बूमाथि पीडित परिवारले कार्वाहीको माग गरेका छन् ।

जेठ २१ गते राति अन्दाजी ९ः३० बजे मेचीनगर वडा न.४ बस्ने ३० वर्षीय प्रेम लिम्बूले नाबालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेका थिए । त्यसपछि उनी फरार भएका हुन् ।
पीडित परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएपछि अस्थायी प्रहरी चौकी मंगलबारेबाट प्रहरी टोली खटिएर पीडकको खोजतलास कार्य जारी रहेको र पीडितलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।