झापा, जेठ ३० । विश्व रक्तदाता दिवसको अवसरमा भद्रपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वडा प्रहरी कार्यालय भद्रपुर , सामुदायिक सेवा केन्द्र भद्रपुर, सगरमाथा सामुदायिक सिकाई केन्द्र भद्रपुर र चन्द्रगढी युथ क्लबको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भद्रपुरको सहकार्यमा वडा प्रहरी कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम संचालन गरिएको हो ।
उक्त कार्यक्रममा प्रहरी कर्मचारी र अन्य पदाधिकारीहरू समेत गरी ४३ जनाले रक्तदान गरेको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक लोककृष्ण दाहालले जानकारी दिएका छन् । रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति केदार महतले ८१ औं पटक रक्तदान गरेर सो कार्यक्रमको शुभारम्भ गरेका थिए ।