झापा, जेठ ३० । करिव साढे पाँच लाख मूल्यको अवैध मोबाइलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

हिजो दिउँसो ३ः३० बजे मेचीनगर नगरपालिका १२ धुलाबारी बस स्ट्याण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धुलाबारीबाट इटहरी जाने बसमा चढ्न लागेका भारत बंगाल बस्ने ६५ वर्षीय नुर आलमलाई अवैध मोबाइलसहित पक्राउ गरेको हो । उनले भन्सार छली १३ वटा मोबाइल ल्याएका थिए ।

५ लाख ४० हजार मूल्य बराबरको मोबाइलसहित आलमलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्