झापा, जेठ ३१ । मासु खानेक्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मी नगरपालिका–९ मूर्तिढुङ्गाका एक वृद्धको मृत्यु भएको छ।

७८ वर्षीय प्रेमबहादुर लिम्बूको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। खानासँग सुँगुरको मासु खानेक्रममा घाँटीमा अड्किएर गम्भीर बिरामी भएका लिम्बूको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राति साढे १० बजे अस्पतालमा मृत्यु भएको बताइएको छ ।