झापा, जेठ ३१ । इलाम देउमाई नगरपालिका ५ नं. वडा कार्यालयको बोर्डमा आगजनी भएको छ ।

गएराति अज्ञात व्यक्तिले वडा कार्यालयको बोर्ड निकाली कार्यालय भवनको ढोका अगाडी जलाएका हुन् । वडा अध्यक्ष तिलकबहादुर हेन्जन तामाङले इलाका प्रहरी कार्यालय मंगलबारेमा आज बिहान जानकारी गराएपछि प्रहरी टोली खटिएर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बोर्डमा आगजनी भएपनि भवनमा क्षति पुगेको छैन । आगजनी गर्नेको बारेमा थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्