झापा,जेठ ३१ । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा रहेको स्व. नर बहादुर–तारादेवी थापा स्मृति खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १०० केभीए क्षमताको ट्रान्सफर्मर चोरी भएको छ।

आज बिहानको राति खानेपानी टेङ्कीको कम्पाउण्डभित्र रहेको ११ हजार भोल्टको लाईनबाट जडान भएको १०० केभीएको ट्रान्सफर्मर चोरी भएको हो । आज बिहान ६ः३० बजे इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली पुगेको थियो । ट्रान्सफर्मरको तार छुटाई भुइँमा झारी ट्रान्सफर्मरभित्र रहेको सम्पूर्ण सामान निकालेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त ट्रान्सफर्मरको बाहिरी भाग र अन्य स–साना सामानहरू मात्र छोडेको देखिएको छ । चोरी गर्ने ब्यक्तिको खोजतलास तथा पहिचान गर्ने कार्य भइरहेको डीएसपी खगेन्द्र खड्काले बताए ।उक्त ट्रान्सफर्मरको मूल्य अन्दाजी ८ लाख पर्ने अनुमान गरिएको छ । ट्रान्सफर्मर चोरीसँगै आयोजनामार्फत सञ्चालित खानेपानी आपूर्ति अवरुद्ध हुँदा सयौं उपभोक्ता प्रभावित भएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्