झापा,जेठ ३१ । उदयपुरमा सुनको सिक्री चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

शनिबार बिहान जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजारमा सोही स्थानमा बस्ने दुई महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा पर्साका १९ वर्षीय सचिन राजपूत पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार महिलाले लगाएका १० र १२ आनाका दुई वटा सिक्री थुतेर सचिन भागेका थिए । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले उनलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
उनलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।