झापा, जेठ ३१ । इलाममा बेच्न ल्याएको गोरु अज्ञात व्यक्तिले काटेका छन् ।

इलाम देउमाई –३ गाग्रेभञ्ज्याङमा माईजोगमाई ५ बस्ने ४९ वर्षीय भिमबहादुर बराईली र सूर्योदय २ बस्ने ३१ वर्षीय सितुक भोटियाले हिजो गोरु बेच्न ल्याएका थिए । उनीहरुले बनपाला बस्ने निरबहादुर तामाङको जग्गामा गोरु बाँधेर राखेका थिए । आज दिउँसो अज्ञात ब्यक्तिले सोही कालो सेतो रंगको गोरुलाई खोल्सीमा लगेर काटेका हुन् ।
घटनास्थलबाट गोरुको खुट्टा, पुच्छर र बाम्फोक फेला परेको छ । घटनास्थलको मुचुल्का गरी बरामद भएको गोरुको खुट्टा र पुच्छर भेटेरिनरी तथा पशु सेवा बिज्ञ केन्द्र इलाम पठाइएको छ । गोरु काट्ने मानिसहरुको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।