झापा , जेठ ३१ । पौडी खेल्ने क्रममा अर्जुनधाराको स्वीमिङ पुलमा डुबेर एकजनाको मृत्यु भएको छ ।

आज राति ८ः३० बजे अर्जुनधारा वडा नं ६ माता मन्दिरनजिक रहेको सीएम स्वीमिङ पुलमा डुबेर काठमाण्डौ महानगरपालिका वडा नं १४ बाफल घर भई बिगत २ महिना अगाडीदेखि बिर्तामोड बसपार्कमा बस्दै आएका ४० वर्षीय केशब पाठकको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर उनी सिकिस्त भएका थिए । उनलाई उद्धार गरी उनकै साथीहरुले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका छन् । थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।