झापा, असार १ । इलाममा तातो खोलेमा परी एकजना बालक गंभीर घाइते भएका छन् ।

हिजो दिउँसो ३.३० बजे इलाम फाकफोकथुम– २ बस्ने सबिता राईका छोरा ४ वर्षीय सुहाङ राई खेल्ने क्रममा तातो खोलेमा परेका थिए ।

घाइते बालकलाई जिल्ला अस्पताल इलाममा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । बालकको पछाडिपट्टीको भाग पुरै पिल्सिएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्