झापा, असार १ । २७५ जनाको बिमान दुर्घटनामा परी ज्यान गएको भारतमा फेरि हेलिकप्टर दुर्घटना भएको छ ।

केदारनाथ धामबाट गुप्तकाशीका लागि जाँदै गरेको आर्यन एविएसनको हेलिकप्टर गौरीकुण्डको जंगलमा दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टरमा पाइलटसहित ६ यात्रु सवार थिए । जसमा एक बालक पनि रहेका थिए ।

सो हेलिकप्टर केदारनाथ धामबाट यात्रु लिएर गुप्तकाशीतर्फ फर्किरहेको थियो । केदारघाटीमा मौसम खराब भएका कारण उद्धार टोली जान नसकिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्