झापा, असार १ । झापामा सशस्त्र प्रहरीले ३ लाख ६० हजारको अवैध सुर्ती बरामद गरेको छ ।

हिजो मेचीनगर नगरपालिका १५ किशन कामतस्थित चिया बगानमा भारतबाट भन्सार छली अवैध रुपमा नेपालतर्फको ल्याई लुकाई छिपाई राखेको अन्दाजी मूल्य रु. ३ लाख ६० हजार बराबरको १८ बोरा सुर्ती सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापा र सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद भएको उक्त सुर्ती आवश्यक कारबाहीको लागि आज भद्रपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले जानकारी दिएका छन् ।