झापा ,असार १ । मोरङको रंगेली ७ स्थित बिराटनगर– आमबारी हुलाकी सडकखण्डको संसारी मन्दिर अगाडि आज बिहान २;४० बजे पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।

बिराटनगरबाट आमबारीतर्फ आउँदै गरेको बोईलर कुखुराको दाना बोकेको को२च १३०० नं. को पिकअप रोडको फुलकियारी डिभाईडरमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा पिकअप चालक बिराटनगर ८ बस्ने ४५ वर्षीय चेतराज खनालको घटनास्थलमै मृत्यु भएको हो ।
पिकअपमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय राम राजबंशी, २१ वर्षीय छत्र पराजुली र ३२ वर्षीय दिपेश पौडेल सकुशल रहेको प्रहरीले जनाएको छ ।