झापा, असार १ । छिमेकीलाई दाउ प्रहार गर्ने हल्दिवारीका एक युवक पक्राउ परेका छन् ।

गएराति १० बजे हल्दिवारी गाउँपालिका वडा न ३ कुनाबारी बस्ने २८ वर्षीय समिर गुरुङलाई सोही ठाउँ बस्ने २६ वर्षीय दावा गुरुङले दाउले प्रहार गरी घाइते बनाएका हुन् ।

घाइते समिरलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । दाउ र दाउ प्रहार गर्ने दावालाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा ५ दिन म्याद लिइ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्