झापा, असार १ ।जलथलको चारकोशे वनमा कछुवाको एक दुर्लभ प्रजाति फेला परेको छ।


हल्दिबारी ४ स्थित पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बास्तोलाले सामुदायिक वननजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा दुर्लभ कछुवा फेला पारेका हुन् ।

आज विहान उनले दुर्लभ कछुवा भेटेलगत्तै आफ्नो वन समूहलाई खबर गरेका थिए । नेपालका चराचुरुङ्गी तथा जीवजन्तु खोज अध्ययन अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार उक्त कछुवालाई स्पटेड नर्थर्न इन्डियन फ्ल्यापशेल टर्टल ( punctata andersoni) भनेर चिनिन्छ ।

पाकिस्तानदेखि म्यानमारसम्म र सम्पूर्ण प्रायद्वीपमा पाइने यो एक सौफ्टशेल कछुवा हो ।यो नेपालका तराई क्षेत्रहरुमा लगभग ४०० मिटर उचाइसम्म पाइएता पनि यस प्रजातिमा क्रोमेटिक ल्युसिज्म देखिनु अत्यन्त दुर्लभ हो । सुब्बाले नै फरेष्ट एक्सन नेपालको अध्ययनका क्रममा जलथल वनमा यसलाई अभिलेख गरेका थिए । यद्यपि यो विरलै मात्रै भेटिने गर्छ।

हाल उक्त कछुवालाई पाथिभरा कालिका सामुदायिक वन समूहमार्फत जलथल सब डिभिजन वन कार्यालय रंगियाडाँडाका कर्मचारीलाई बुझाएको वन समूहका सहसचिव भरत ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्