झापा, असार २ । हावाहुरीले पाँचथरको फालेलुङ ३ स्थित सरस्वती माध्यमिक विद्यालयको भवनको छानो उडाएको छ ।

शनिवार राति १० बजे आएको हावाहुरीले विद्यालयको ४ कोठे भवनको पुस्तकालय र कार्यालय कोठाको जस्ताको छाना उडाएको हो । पुस्तकालयमा रहेका पुस्तकहरु र कार्यालय कोठाको सर–सामान गरी अन्दाजी ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्