झापा, असार २ । इलामको सूर्योदय नगरपालिका–२ चारमाइलबाट सुन र चाँदीको जलप लगाएका नक्कली गहनासहित २ जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको टोलीले आइतबार ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबर सुन र चाँदको जलप लगाएको नक्कली गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरू भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा झोलाबाट १७ किलो ४०० ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएका गहना र विभिन्न किसिमका सामान फेला परेको थियो ।
परीक्षणका क्रममा ती गहनामा सुन–चाँदीको जलप लगाएको पुष्टि भएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको छ ।