झापा, असार २ । झापाको मेचीनगरमा एक अपरिचित व्यक्ति अचेत अबस्थामा भेटिएका छन् ।

आज दिउँसो ४ बजे मेचीनगर नगरपालिका वडा नं. –१० हिमालय टोलस्थित भित्री बाटोको छेउमा तत्काल नाम थर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने अन्दाजी बर्ष ३५ का पुरुष बिरामी भई अचेत अबस्थामा फेला परेका हुन् ।

स्थानीयले देखेर इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर बिरामीलाई मेची आम्दा अस्पताल धुलाबारीमा ल्याई उपचार भइरहेको र अबस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

वर्ण गहुँगोरो ,उचाई अन्दाजी ५.३ फिट,छोटो छोटो दारी जुँगा,कपाल कालो घुँग्रिएको,खैरोमा कालो बुट्टा भएको फुल भेष्ट र कालो ट्रयाक पाईन्ट लगाएको हुलिया रहेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्