झापा,असार ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन लगाएर संसद् भवनमा पुगेका छन् ।

उनीहरूका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गराउनेछौ’, कार्यवाहक प्रवक्ता मनिष झाको भनाइ छ ।
यसअघि उनीहरूले संसदमा नाराबाजी र सभामुखको आसनअघि पलेँटी कसेर विरोध गरेका थिए ।