झापा, असार ३ । झापाको मेचीनगर नगरपालिका–५ नकलबन्दाबाट तीन सय केजी भारतीय माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

आज बिहान ९ बजे प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको तीन सय केजी माछा खाल्डो खनेर पुरेको हो । उक्त ३०० केजी माछाको मूल्य एक लाख २० हजार बराबर रहेको प्रहरीले जनाएको छ ।
पशु क्वारेन्टाईन काँकरभिट्टाबाट आएका प्रतिनिधिको रोहबरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा खाल्डो खनेर माछा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।