झापा, असार ४ । लागूऔषधका दुई फरार प्रतिवादी १६ वर्षपछि बिर्तामोडबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ७ बस्ने १८ वर्षीया सर्मिला लिम्बू र बिर्तामोड वडा नं २ बस्ने २४ वर्षीय भुपेन्द्रसिंह राजवंशी रहेका छन् ।

झापा जिल्ला अदालतको २०६३ मंसिर २० गतेको फैसलाले १ महिना कैद भएको गर्भपतन मुद्दा र जिल्ला अदालतकै २०६६ जेठ ७ गतेको फैसलाले १ महिना ७ दिन कैद सजाय तोकिएकी लागूऔषध मुद्दामा सर्मिला लिम्बू फरार भएकी थिइन् ।

त्यस्तै जिल्ला अदालतको २०६६ जेठ ७ गतेको फैसलाले १ महिना ७ दिन कैद सजाय तोकिएका लागूऔषध मुद्दामा राजवंशी पनि फरार भएका थिए । हिजो दिउँसो ४.१५ बजे बिर्तामोड २ चारपानेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्