झापा , असार ४ । पाँचथरमा कुलोबाट चिप्लिएर लड्दा एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो पाँचथर फिदिम नगरपालिका –११ खुङखोलाटारीमा रहेको तिततिरे दिमिरे फलाटे जल उपभोक्ता समितिको कुलो मर्मत गर्ने क्रममा वडा नं–१३ ओखरबोटे बस्ने २४ वर्षीय राजकुमार नेम्वाङ अचानक कुलोबाट चिप्लिएर २० मिटर तल खोलामा झरेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
अस्थायी प्रहरी चौकी नागिनबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली गएको जनाइएको छ ।