झापा , असार ५ । मोरङ रतुवामाई नगरपालिका – ९ इटहरामा कुकर पड्किएर एक महिला घाइते भएकी छन् ।

गएराति ८.३० बजे रतुवामाई –९ इटहरा बस्ने खगेन्द्र न्यौपानेकी श्रीमती २८ वर्षीया भिष्मा बुढाथोकी न्यौपाने आफ्नै घरको किचनमा खाना पकाउने क्रममा अचानक कुकर पड्किएको थियो ।

कुकरको सिटी उडेर उनको निधारमा चोट लागेको छ भने खानाको बापले अनुहारमा र घाँटीमा पोली छाला पिल्सिएको छ । उनलाई उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर लगिएको छ । उनको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्