झापा,असार ५ । कोशीको पानी धरानमा ल्याउने योजनाका लागि ४ करोड बजेट विनियोजन भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि पोखेका छन् ।


उनले सामाजिक सञ्जालमार्फत त्यति बजेटको अर्थ नभएको भन्दै बरु श्रमदानबाटै पानी खुवाउने बताएका हुन् ।
‘कोशीको पानीको लागि ४ करोड मात्रै ? लु भो सरकार तिम्रो पैसा हाम्लाई चाहिएन ! म श्रमदानबाटै पानी खुवाउँला बरु भो ! उस्स्स्स तिम्रो योजना !’उनले बुधबार फेसबुकमा लेखेका छन् ।
खानेपानी मन्त्रालयको बजेटमा साम्पाङले राख्दै आएको माग पनि समेटिएको छ । यसका लागि संघीय रूपमा कार्यान्वयन हुनेगरी सरकारले ४ करोड रुपैयाँ विनियोजन भएको हो । कोशीको पानी ल्याउन संघीय सरकारले पैसा दिनुपर्ने भन्दै साम्पाङ केही महिनाअघि रित्तो गाग्री बोकेर काठमाडौँ गएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्