झापा, असार ५ । घरायसी विवादलाई लिएर पाँचथरमा श्रीमानले चक्कु प्रहार गरी श्रीमतीलाई घाइते बनाएका छन् ।

आज दिउँसो २.५० बजे पाँचथर फिदिम ११ लुङरुपा घर भई हाल फिदिम २ नयाँ बसपार्कस्थित पर्शुराम अर्यालको घरमा डेरा गरी बस्ने २८ वर्षीय सूर्य सेरेङले घरायसी आफ्नै श्रीमती २३ वर्षीया बिपना क्षेत्री कट्वाललाई तरकारी काट्ने चक्कुले टाउको, गाला, घाँटी र छातीमा प्रहार गरी घाइते बनाएका हुन् ।

अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट प्रहरी टोली खटिएर घाइतेलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल पाँचथरमा लगि उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने सेरेङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्