झापा, असार ५ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनालाई पितृशोक परेको छ ।

दुधौली नगरपालिका २ सिन्धुली, स्थायी बसोबास रहेका डीएसपी तिमल्सिनाका पिता केदारनाथ तिमल्सिनाको ७० वर्षको उमेरमा निधन भएको हो। सामाजिक तथा धार्मिक व्यक्तित्वका रूपमा परिचित तिमल्सिनाको बुधबार निधन भएको हो। २०१२ साल चैत्र ८ गते बुधबार नै जन्मिएका तिमल्सिनाका श्रीमती कमलादेवी तिमल्सिना रहेकी छन्।
उनका तीन छोरा बुहारी रहेका छन्। तीनजना छोरा बुहारी नै सरकारी सेवामा कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ।
डीएसपी तिमल्सिना केदारनाथ तिमल्सिनाका कान्छा छोरा हुन्। उनका जेठा छोरा टंकप्रसाद शिक्षक पेशामा आबद्ध छन् । त्यस्तै माइला छोरा खगेन्द्र पनि शिक्षक पेशामै आबद्ध छन्।
उनका छोरा बुहारीहरूमा टंकप्रसाद – गीताकुमारी, खगेन्द्र – प्रला, रामप्रसाद – लक्ष्मी तिमल्सिना रहेका छन्।
केदारनाथकी कान्छी बुहारी लक्ष्मी विराटनगर नर्सिङ क्याम्पसमा सह प्राध्यापकको रुपमा कार्यरत रहेकी छन्।