झापा,असार ६ । रास्वपाको विरोधका बिच प्रनिनिधिसभा बैठकमा प्रधानमनत्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको छ ।

आजको बैठकमा प्रधानमन्त्रीको सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम भएपनि रास्वपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका छन् ।
त्यसपछि रास्वपाको विरोधकैबिच सभामुखले सभा अघि बढाउने प्रयास गरेका छन् । उनले खर्च कटौतीको प्रस्तावमाथि छलफलका लागि सांसद अमरेश सिंहलाई बोल्न समय दिएका छन् । सभामुखले सिंहलाई समय दिए लगत्तै रास्वपाका सांसदहरू बेल घेर्न पुगेका छन् ।
तर सभामुख घिमिरेले सिंहलाई समय दिएपछि सांसद रामहरि घिमिरेले विनियोजन विधेयकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएको मन्त्री उपस्थित भएपछि मात्र छलफल अघि बढाउन माग गरे ।
त्यसपछि माओवादीका सांसद हितराज पाण्डेलाई सभामुखले बोल्न समय दिए । उनले सरकारले सांसदलाई बारम्बार हेपेको बताए ।
उनले बारम्बार संसदको कार्यसूची हटाउने गरेको तथा मन्त्रीहरू अनुपस्थित हुने गरेको भन्दै आपत्ति जनाए । उनले सरकारले नियम पालना गर्नुपर्दैन ? भनेर प्रश्न गरे ।
सांसदहरुको आपत्तिपछि युवा तथा खेलकुद र महिला बालबालिका मन्त्रालयको कार्यसूची पनि हटाएका छन् ।