झापा,असार ६ । कोशी प्रदेशले मोटरसाइकलको वार्षिक कर बढाएको छ । कोशी प्रदेशले सवारी साधन करको रूपमा लिँदै आएको कर बढाएको हो ।

यस अनुसार अब १२५ सीसीसम्मको कर यसअघि वार्षिक ३ हजार रुपैयाँ रहेकोमा एक सय रुपैयाँ बढाएर ३ हजार १ सय रुपैयाँ पु¥याइएको छ ।
त्यस्तै, १२५ देखि १५० सीसीसम्मको कर ५ हजार। रुपैयाँ रहेकोमा यसलाई बढाएर ५ हजार १ सय पु¥याइएको छ ।
१५० देखि २५० सीसीको मोटरसाइकलमा यसअघिको कर ६ हजार रुपैयाँ रहेकोमा यसलाई बढाएर ६ हजार २ सय रुपैयाँ पु¥याइएको छ ।
योभन्दा बढी क्षमताको लागि भने कर बढाइएको छैन । अहिले २५० भन्दा धेरै ४०० सीसीसम्मको मोटरसाइकलको लागि ११ हजार र सोभन्दा धेरै क्षमताको लागि वार्षिक २० हजार रुपैयाँ कर निर्धारण गरिएको छ ।
यो वर्ष ग्यास बुलेटको कर बढाएर २२ हजारबाट २५ हजार बनाउनुबाहेक अरू कुनै परिवर्तन गरिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्