झापा, असार ६ । इलाममा ट्राफिक सप्ताहको शुभारम्भमा प्रभातफेरि निकालिएको छ ।

आज बिहान जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एकनारायण कोइरालाको अध्यक्षता तथा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यमा प्रभातफेरि निकालिएको हो ।
र्यालीमा इलाम नगरपालिकाका उप–प्रमुख बिष्णुकुमारी लिम्बू दाहाल,इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, इलाम जिल्लामा रहेका विभिन्न सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, जनप्रतिनिधिहरू, जिल्ला प्याब्सन, नगर प्याब्सन, भाडादर निर्धारण परामर्श समितिका सदस्य,यातायात व्यवसायीहरु, पत्रकार, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरुसहित करिव ४ सय जनाको उपस्थिति रहेको थियो ।

इलाम नगरपालिका–७ टुँडिखेलबाट र्यालीसहित सिटिहलमा आई ट्राफिक सप्ताह कार्यक्रम शुरु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
