झापा, असार ६ । इलाम र झापामा दुईजना प्रहरी र एकजना थुनुवा विरामी परेका छन् ।

आज बिहान ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका १ घर र कारागार सुरक्षा गार्ड इलाम दरबन्दी भई अस्थायी प्रहरी पोष्ट कालपोखरी इलाममा कार्यरत प्रहरी जवान अशोक पोमु अचानक विरामी परेका छन् । अचानक पेट दुखेपछि जिल्ला अस्पताल इलाममा सामान्य उपचारपश्चात् थप उपचारको लागि उनलाई नोबेल अस्पताल विराटनगर रेफर गरिएको छ ।
त्यस्तै भोजपुर षडानन्द गाउँपालिका वडा नं. ७ घर र इलाका प्रहरी कार्यालय बनियानी संचार दरवन्दी भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान राजेन्द्र घले पनि विरामी परेका छन् । ज्वरो र झाडा पखाला लागेर विरामी भएका घलेलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
त्यस्तै आज बिहान जिल्ला प्रहरी कार्यालय इलामको हिरासतमा रहेका लागूऔषध मुद्धाका थुनुवा इलाम नगरपालिका ७ बस्ने २६ वर्षीय रुपेन राई अचानक बेहोस भई बिरामी भएका छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ ।