झापा, असार ६ । ठूलो संभावना बोकेका नेकपा एमालेका युवा नेता शम्भुसिंह राजवंशीले आफ्नो जिम्मेवारी परित्याग गरेका छन् ।

बाह्रदशी गाउँपालिका वडा नं १ का पूर्व वडाध्यक्षसमेत रहेका राजवंशीले नेकपा एमाले बाह्रदशी गाउँ कमिटीको सचिव पद छोडेका हुन् । उनले बाह्रदशी गाउँ कमिटीमा आफ्नो राजीनामा बुझाएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको जनाइएको छ ।

गहिरो आस्था, संगठनप्रतिको निष्ठा र सिद्धान्तप्रति समर्पित भावनाका साथ आफू बाह्रदशी गाउँ कमिटीको सचिव पदमा क्रियाशील रही आएकोमा हाल समयसापेक्ष पारिवारिक तथा व्यक्तिगत कारणवश उक्त जिम्मेवारीबाट राजीनामा दिएको उनले बताएका छन् ।

पदबाट अलग्गिए पनि एक प्रतिबद्ध कार्यकर्ताको रूपमा सदैव पार्टीको मार्गदर्शनमा रहने उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । विगत १० वर्षदेखि उनी एमाले पार्टीमा क्रियाशील रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्