झापा, असार ६ । प्रहरी चौकी बिर्ताबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर विष्ट उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

बिभागीय मूल्य–मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेवापत प्रहरी सहायक निरीक्षक बिष्टलाई जिल्ला प्रहरी कार्यालय झापाले जेठ महिनाको लागि उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
उनले विभिन्न मिति र समयमा बिभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल तथा अटो चोरी तथा व्यबस्थापन कार्यमा संलग्न विर्तामोड नगरपालिका वडा नं. ३ सैनिकमोड बस्ने २० वर्षीय कुमार राजवंशी, वडा नं. ७ मियाबारी बस्ने २७ वर्षीय जागिर आलम, वडा नं. ३ बस्ने २८ वर्षीय रन्जित राजवंशी, सोही ठाउँ बस्ने २६ वर्षीय प्रदिप राजवंशीलाई बिर्तामोड ६ स्यालडाँगीबाट चोरी भएको मोटरसाइकल ४ थान र १ थान अटो गरी जम्मा ५ थान चोरी भएको सवारी साधन तथा चोरी कार्यमा संलग्न मानिसहरु समेत नियन्त्रणमा लिन सफल भएका थिए । उनीहरुलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा दाखिला गरिएको थियो ।
बिष्टले आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गरी प्रहरी संगठनको छवि उच्च पार्ने कार्य गरेकाले सम्पादित कार्यको उच्च मुल्याङ्कन गर्दै २०८२ साल जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रहरी उपरीक्षक राजन लिम्बूद्वारा प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।