झापा, असार ७ । झापाको दमकमा लागूऔषधको कारोबार गरिरहेको अबस्थामा चारजना युवा पक्राउ परेका छन् ।

गएराति ८ बजे दमक वडा न.५ सृष्टी टोलस्थित देवु गड्तौलाको टाँडे घरको भुइँ तलाको कोठामा डेरा गरी बस्ने गौरादह ४ धोबिने बस्ने २४ वर्षीय अनुभव दर्नालको कोठामा लागूऔषध खरिद बिक्री गरिरहेको अबस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा गौरादह ४ धोबिने बस्ने २४ वर्षीय अनुभव दर्नाल ,दमक १ संगम चोक बस्ने २६ वर्षीय सुरज कुमाल , दमक ६ पुरानो बजार बस्ने २९ वर्षीय सुमन दर्जी र दमक ७ पुरानो सब्जी लाइन बस्ने ३४ वर्षीय बिरबहादुर पौडेल रहेका छन् ।उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्