कुमरखोद, असार ७ । झापा गाउँपालिकाको अठारौं गाउँसभा शुरु भएको छ । गाउँसभामा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नवौं वार्षिक नीति तथा कार्यक्रम पेश भएको छ ।


आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले प्रस्तुत गरेकी थिइन् । झापा गाउँपालिकाले तयार गरेको प्रतिवेदनउपर प्रतिक्रिया दिँदै जनप्रतिनिधिहरुले जनमुखी, विकासमुखी र आर्थिकमुखी भएकोले पालिकाले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताए ।

पालिकाले आफ्ना पालिकाका जनताको जीवनस्तर उकास्नको लागि मुख्य तीनवटा आर्थिक विकासका वुँदाहरुको खाका तयार गरेको छ । आर्थिक विकासतर्फ कृषि , पशु , वैक तथा वित्तीय संस्था , पर्यटन र वित्तीय व्यवस्थापन रहेका छन् ।
यसैगरी गाउँपालिकाले सामाजिक र साँस्कृतिक विकासतर्फ मुख्य चौधवटा नीतिलाई अगाडी सारेर बजेट तयार गर्ने निर्णय गरेको छ ।

सामाजिक र साँस्कृतिक विकासतर्फ शिक्षा , स्वास्थ्य , युवा तथा खेलकुद , खानेपानी तथा सरसफाई , महिला विकास , बालबालिका , ज्येष्ठ नागरिक , आदिवासी , जनजाति, दलित सम्वन्धी नीति , अपाङ्ग सम्वन्धी नीति , यौनिक,लैङ्गिक अल्पसंख्यक, खस , आर्य सम्वन्धी नीति , संस्कृति प्रवर्द्धन तथा सामाजिक उत्थान , सामाजिक मेलमिलाप तथा न्याय निरुपण, भूमि सम्वन्धी नीति र शान्ति सुरक्षा सम्वन्धी नीतिहरु रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्