झापा, असार ७ । दाउरा खोज्न गएका एक व्यक्ति हलुवागढ सामुदायिक वनभित्र मृत फेला परेका छन् ।

हिजो साँझ ५ बजे झापा अर्जुनधारा १ दखलबस्ती बस्ने ७० वर्षीय बलबहादुर बसेल दाउरा खोज्न त्यहीको हलुवागढ सामुदायिक वनतर्फ गएकोमा घर फर्की नआएपछि आफन्त र स्थानीयहरुले खोजतलास गर्ने क्रममा वन परिसरभित्रै गैरे खोल्सीमा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।
आज बिहान ८ः१५ बजे प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षक उमेश श्रेष्ठको टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा टोली खटिएको जनाइएको छ ।