झापा, असार ७ । धनगढीबाट काँकडभिट्टा आउँदै गरेको बस चितवनमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।


पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका वडा नं.४ खहरेपुलमा माइक्रो र बस ठोक्किएको हो । आज विहान १०ः१५ बजे धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी ठोक्किएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले दुर्घटनामा सात जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने बर्ष ५५ का सोमप्रसाद रुपाखेती, हेटौंडा ५ बस्ने बर्ष ५३ की मैंयाकुमारी न्यौपाने, पहिचान नखुलेको अन्दाजी १९ की महिला, पहिचान नखुलेको अन्दाजी बर्ष २४÷२५ की महिला, पहिचान नखुलेको अन्दाजी २२÷२३ का पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकाहरुमा पहिचान नखुलेकी अन्दाजी वर्ष ३०÷३५ की गर्भवती महिला, त्यस्तै पहिचान नहुखेको ३५÷४० वर्षका एक पुरुष व्यक्ति रहेको डीएसपी खनालले जानकारी दिए ।


घाइते हुनेहरुमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं. १३ बस्ने बर्ष १६ का सक्षम थापा, हेटौंडा १२ बस्ने बर्ष ३२ का सिंहबिर घलान, हेटौंडा ४ बस्ने बर्ष ३१ का बिष्णु लम्साल, हेटौंडा ८ बस्ने बर्ष ३४ की गंगा घलान रहेका छन् । त्यस्तै झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ की सुशीला बराल, सोही स्थानकी ६७ वर्षीया उमा बराल, कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी, रुकुम पश्चिम आठबिस्कोट नगरपालिका ९ बस्ने ३० वर्षीय सन्देश ओली रहेका छन् । अन्य १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्