झापा,असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।

पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘हामीलाई सुरुका दिनदेखि आजसम्म अहोरात्र स्वदेशमा तथा विदेशमा बसेर भौतिक रूपमा वैचारिक रूपमा साथ दिनुहुने सम्पूर्ण नेपालमा तथा विदेशमा बस्नुहुने तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरू र उहाँहरू समक्ष हाम्रा सूचनाहरू पु¥याउनुहुनेप्रति एकमुष्ट शुभकामना दिन चाहन्छु । केही समयअघि मृत्यु वरण गर्नुभएका सुरेश रजकको परिवारलाई तेस्रो स्थापना दिवसको दिन पारेर तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छौँ ।’
उनले पार्टीका सूचनाहरू जनतासम्म पु¥याउने सम्पूर्ण सञ्चार जगत् र पार्टीप्रति आस्था र विश्वास गर्ने आम नागरिकलाई धन्यवाद दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्