झापा, असार ७ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–११ तिङ्लामा करेन्ट लागेर एक जना प्राविधिकको मृत्यु भएको छ ।

विद्युत् पोलको ट्रान्सफर्मरमा काम गरिरहेको अवस्थामा घाइते भएका सोलु दुधकुण्ड नगरपालिका–७, भित्ताखर्कका ३५ वर्षीय रबिन बस्नेतको उपचारको क्रममा फाप्लु अस्पतालमा मृत्यु भएको हो ।
आज दिउँसो करिब १ बजे सोलु दुधकुण्ड नगरपालिका–११, घुन्सास्थित केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतको क्रममा बस्नेतलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका बस्नेतलाई तत्कालै जिल्ला अस्पताल फाप्लु पु¥याइएको थियो ।
उपचारका क्रममा अपराह्न उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी मनोजित कुँवरले जानकारी दिए । उनी गरुढ सेक्युरिटी सर्भिसमार्फत विद्युत् प्राविधिकको रुपमा काम गर्दै आएका थिए ।