झापा, असार ७ । इलाममा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

रोङ गाउँपालिका ६ स्थित सिद्धिखोला किनारको घारीमा जंगली हात्तीको आक्रमबाट तत्काल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५०÷५५ की महिलाको मृत्यु भएको हो ।
आज साँझ ५ः३० बजे प्रहरी चौकी जिर्मलेमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक इन्द्रप्रसाद साहको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।
घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरले तालुक इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापासंग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।