झापा, असार ७ । सर्पले टोकेर सुनसरीमा एक बालिकाको मृत्यु भएको छ ।

आज दिउँसो २ः१० बजे सुनसरी कोशी गाउँपालिका ८ ननकु टोल बस्ने मोहमद काशीमकी छोरी १२ वर्षीया नविजन खातुन आफ्नै घरको आँगनमा खेल्ने क्रममा उनको दाहिने खुट्टाको घुँडामुनि सर्पले टोकेको थियो ।
उनका बुवाले जिल्ला अस्पताल इनरुवामा लगी उपचार गराएकोमा थप उपचारको लागि कोशी अस्पताल विराटनगर रेफर गरिएको थियो । उपचारको क्रममा दिउँसो ३;४० बजे कोशी अस्पताल विराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।