झापा, असार ७ । आज साँझ सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा चट्याङले लागेर भैंसी र पाडो मरेका छन् ।

साँझ ५ बजे थुलुङ दुधकोशी गाउँपालिका वडा नं १ तुम्से बस्ने चुलबहादुर भुजेलको गोठमा बाँधी राखेको एउटा माउ भैंसी र एउटा पाडोलाई अविरल बर्षासंगै परेको चट्याङले हानेको हो । चट्याङले लागेर दुवै चौपाया घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्