झापा, असार ८ । कन्काई नहरमा हामफालेर एक वृद्धले आत्महत्या गरेका छन् ।

आज बिहान अन्दाजी ८ः५० बजे झापा शिबसताक्षी नगरपालिका ७ ब्याङडाँडा बस्ने ७९ वर्षीय राधाकृष्ण सोडारीले घरबाट अन्दाजी १ किलोमिटर पश्चिमतर्फ वडा न.७ र ११ को बिचमा रहेको कन्काई नहरमा हामफाली आत्महत्या गरेका हुन् ।

उनी चौकतर्फ घुम्न जान्छु भनी घरबाट हिडेका थिए । नहरको पानीमा हामफाली बेपत्ता भएको भन्ने इलाका प्रहरी कार्यालय झिलझिलेमा आफन्तले जानकरी गराउनसाथ इलाका प्रहरी कार्यालय शिबगंजबाट प्रहरी नायव निरीक्षक खड्ग गिरीको कमाण्डमा प्रहरी टोली खटिएर स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा घटनास्थलबाट अन्दाजी ५००मिटर दक्षिण सोडारीको शव फेला परेको हो । पानीबाट शव बाहिर निकाली घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानूनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
